शिक्षक महासंघले सरकारसँग वार्ता गर्ने, तर यस्तो छ आन्दोलन नरोक्ने तयारी

फाइल तस्बिर

काठमाडौं। आन्दोलनरत शिक्षक महासंघले सरकारसँग वार्ता गर्न तयार भएपनि आन्दोलन नरोक्ने बताएको छ । बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि महासंघको टोलीले सरकारसँग वार्ता गर्न तयार भएको हो ।

यसअघि शिक्षक महासंघले सरकारसँग वार्ता अस्वीकार गर्दै आएको थियो । पटक पटकको आग्रहपछि महासंघ सरकारसँग आज वार्ता गर्न शिक्षक महासंघ तयार भएको हो । तर, वार्ताको समय र स्थान भने तय भएको छैन । दुई पक्षबीच छलफलबाट समय तय गरिने बताइएको छ ।

महासंघले संवादसँगै आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले संवाद र आन्दोलनलाई सँगसँगै अगाडि बढाउने बताउँदै भनिन्, ‘हामी वार्ता विरोधी होइनौं । तर, भाकाको सहमतिका लागि मात्र वार्तामा बस्दैनौं । ऐन जारी गर्ने सुनिश्चितता हुनुपर्छ।

महासंघले ऐन जारी गर्न तीन वटा विकल्प सरकारलाई दिएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन ल्याउन विकल्प दिएका छन् । आज हुने संवादमा पनि महासंघले यिनै आफ्ना कुरा राख्ने बताइएको छ।
महासंघले आन्दोलनलाई यथावत राख्न शिक्षकहरूलाई निर्देशन दिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकार जो सुकैको होस्, सत्ता सञ्चालकहरु पेसागत आन्दोलनलाई बोझ सम्झन्छन् । निषेध गर्न खोज्छन् । कुनै तह र तप्काले आफ्ना माग नउठाउन् र आफ्नो सत्ता बिना बाधा चलिरहोस्, सत्ताको सुकोमल बिछ्यौनामा चैनको निन्द्रा सुतिरहन पाइयोस् भन्ने चाहना राख्छन्। हामी त्यही सोच र व्यवहार विरुद्ध लडिरहेका छौं।

उनले कुनै प्रायोजित हल्ला र षडयन्त्रलाई विश्वास नगरी आन्दोलनको मोर्चामा यथावत् जुटिरहन सबै आन्दोलनकारी शिक्षक–कर्मचारी साथीलाई आग्रह गरेको बताए। शिक्षकहरूले पछिल्लो पटक २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

कथरि उपद्रोले चिथोरिरहेको छ । यतिबेला देशका नेताहरू बारम्बार एकाअर्काविरुद्ध चोर औंला उठाइरहेका छन् । एउटाले अर्काको झाँको झार्ने र भए÷नभएका लाञ्छना लगाएर आफू पानीमाथिको ओभानो बन्न प्रतिस्पर्धा नै गरिरहेका छन् ।

हुन त स्वाद परे चाटाचाट र रिस उठे काटाकाट गर्ने गतिलो इतिहास बनाएर यहाँसम्म आएका दल र नेताहरू अहिले आरोपप्रत्यारोपको महायात्रामा लामबद्ध हुनुलाई खासै अनौठो नमानौँ । यद्यपि, यी सबै राजनीतिक दलालहरूलाई हेक्का रहोस्– निरंकुश शासकको निरंकुशताभन्दा लोकतान्त्रिक व्यवस्थाका शासकहरूको निरंकुशता समाज र लोकतन्त्रका लागि झनै खतरनाक र घातक बन्दै गएको छ ।

आफ्नै अभियानमा मधेसतिर हिँडिरहेका प्रचण्डलाई ‘टिआरसी’ को विषय टुंग्याउने भन्दै दिउँसो काठमाडौं बोलाइयो । बेलुकी कुलमान घिसिङको घाँटी थिचियो । यदि प्रचण्ड दिउँसोको बैठकमा नगएको भए ‘द्वन्द्वकालीन मुद्दा समाधान गर्न प्रचण्ड अनिच्छुक’ भनेर रोइलो गरिन्थ्यो । तथापि प्रचण्ड गएपछि ‘टिआरसीलाई कुलमानसँग साटिएको’ लाजमर्दो–अफवाह फैलाइयो ।

आम नागरिकले कसको कुरा मान्ने रु कुलमानको पक्षमा उर्लिने जनसागरलाई थेग्ने हिम्मत नभएको सरकारले उचित समयको जोखाना हेरिरहेको थियो । ठ्याक्कै त्यही मौकामा राजावादी र समाजवादी मोर्चालाई एकैदिन विरोध प्रदर्शनको साइत जुराइदियो । त्यही बर्कोले अहिलेसम्मलाई ‘कुलमान पक्ष’को सम्भावित खतराबाट मुक्ति पाएको सरकारी निक्र्यौल छ ।

भनेपछि ‘आफैँ बोक्सी, आफैँ झाँक्री’वाला यो खेलले नै आजसम्म यी भ्रष्टाचारीहरूलाई जोगाइराखेको सत्य हो। सडकमा राजतन्त्रको भूत देखाउँदै सत्तामा बसेर देश तहसनहस बनाइरहेका यिनै अनुहारहरू मूलतः आजको व्यवस्थाका प्रमुख दुस्मन हुन् । यिनीहरूलाई छानीछानी जनस्तरबाटै कारबाही नगरुन्जेलसम्म देशले मुक्ति पाउन र जनताको अवस्था बदलिन असम्भव छ ।

वर्तमान सरकारको अहंकार र आवेगले विवेक प्रयोग गर्न होइन विषाक्त ओकेल्न दम्भ प्रदान गर्छ । शक्तिको दम्भ र अज्ञानताले पूर्वाग्रह तथा प्रतिशोधको भावना जागृत गराउँछ।

काठमाडौंका मेयर बालेन साहविरुद्ध योजनाबद्ध प्रहार, रविविरुद्ध पक्राउ पुर्जी, कुलमान घिसिङमाथि अपमानपूर्ण व्यवहार, राज्यका हरेक निकायमा आरोपित व्यक्तिहरूको नियुक्ति–आदि गतिविधिले के देखाउँछ भने– वर्तमान सरकार जनातासँग बडो आतंकित र भयभित’ छ । यसले आफ्नो सर्वनाश नजिकै देखिरहेको छ, त्यसैले भ्याइनभ्याइ–आफ्ना आपराधिक गतिविधिलाई बढवा दिइरहेको छ।

अर्थतन्त्रको हतासोले यो देशमा सधैँ साहु महाजनकै गुन्द्री बुन्न थालेदेखि चिसो भुईँमा रात काट्ने निर्धाजनहरुको संख्या ह्वात्तै बढेको छ। सत्ता स्वार्थको रंग मिलाएर साहुहरू पटकपटक तालुमा आलु फलाइरहेका छन्। जनतालाई भने जहिल्यै ‘माछो–माछो भ्यागुतो’ बनाइरहेका छन्।

दिन दुई गुणा र रात चार गुणाका दरले भ्रष्टाचारमा छलाङ हान्नेहरू ‘भ्रष्टाचारीलाई घृणा गर्नुस्’ भन्दै जनतालाई अर्ति–उपदेश दिन्छन् । ‘म भ्रष्टाचारीको अनुहारसमेत हेर्दैन’ भन्छन्। यत्तिका ‘चोखो’ नेताहरू विश्वभूगोलको गोलाद्र्धमा अन्त कहाँ पाइएलान् र ?