विशवप्रकाश शर्माले र कृष्णप्रसाद सिटौलाबीच ‘वान टु वान वार्ता’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ।

दुई नेताबीच मङ्गलवार गृहजिल्ला झापामा छलफल भएको हो । उपसभापति शर्माका काका बितेको पाँचौँ दिन समवेदना दिन पुगेका सिटौला निवास पुगेका हुन् । उनले सिटौलासँग १० मिनेटजति कुराकानी गरेका हुन्।

दुई नेताबीच छलफलका क्रममा कैद गरिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। सो क्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी उपसभापति विश्वप्रकाश शर्मा दुवै नेताका बीच झापामा वान टु वान वार्ता भएको छ

कांग्रेसमा संस्थापन र इतर समूहबीचको विवाद चरमोत्कर्षमा पुगेका बेला दुई नेताबीच भेटवार्ता भएको हो। भेटका क्रममा भएको छलफलबारे केही खुलेको छैन।