बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल देशको हिमाल र पहाडी भूभाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको छ । अन्य तराईमा मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन -चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।
त्यस्तै आज राति देशको हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
