नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त हाम्रो अनलाईन ६ जेष्ठ २०८२ काठमाडौं। सरकारले डा.विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई गभर्नरमा नियुक्त गरेको हो। पौडेल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।