५ लाख नागरिकलाई लालपुर्जा वितरण गरिने
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा ५ लाख नागरिकलाई लालपुर्जा वितरण गर्ने भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भूमिसम्बन्धी कानुन संशोधन गरी यो लक्ष्य पूरा गरिने बताए।
उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । साथै, निरपेक्ष गरिबी उन्मूलन गर्ने लक्ष्य राखिएको र यसका लागि प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरिने उनले उल्लेख गरे।
