क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट दिए राजीनामा
काठमाडौं। नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन्। सन् २०१६ देखि नेपाल प्रहरी सेवामा प्रवेश गरेका ऐरीले बैशाख २८ गते राजीनामा दिएका हुन्। नेपाल प्रहरीकाे प्रधान कार्यालयले केही समय अगाडि मात्र खेलाडीकाे मनवल उच्च राख्ने भन्दै वढुवा समेत गरेको थियो। यद्यपी उनले यसबारेमा केहि बोलेका छैनन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले प्रहरी क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले राजीनामा दिएको र उनको राजीनामा स्विकृत समेत भइसकेको जानकारी दिए । ऐरीले घरायसी कारण राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन्।
