खुकुरी प्रहार गरी एक महिलाको हत्या,श्रीमान पक्राउ

रुकुम पश्चिम। रुकुम पश्चिममा एक महिलाको हत्या भएको छ। श्रीमतीको हत्या गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गएराति ३० वर्षीया देविका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनका श्रीमान ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकी पक्राउ परेका हुन्।

जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँका चन्द्रले राति घरमै श्रीमतिको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए।

स्थानीयले घटनाबारे जानकारी दिएपछि राति नै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा खटिएको टोलीले चन्द्रलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद भएको जानकारी दिएको छ।

डिएसपी बिष्टकका अनुसार आपसी विवादपछि श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेको कुरा प्रारम्भिक अनुसन्धान बाट खुलेको जानकारी दिए ।

श्रीमानरश्रीमतीका बीचमा यसअघि पनि पटक–पटक झगडा हुने गरेको कुरा खुल्न आएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ।