आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। देशभरको आंशिक देखि साधारणतया बदली रही पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी भागको एकदुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदरपश्चिम प्रदेशको एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
राती कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गएराति सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकको गोब्रेमा मापन भएको छ, जहाँ ८७.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। कास्कीको लुम्लेमा ८८.२ मिलिटिर वर्षा मापन भएको छ।
