छाउगोठ बसेकी कमलाको सर्पले डसेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा बसेकी एक महिलाको सर्पले डसेर मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईको घरछेउको छाउगोठमा सुत्न गएका बेला हिजो राति सर्पदंशबाट ज्यान गएको हो।

राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।