बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल
काठमाडौ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सत्ताको जिम्मेवारीमा पुगेपछि मात्रै पपुलिज्म (लोकप्रियतावाद)को वास्तविक क्षमता बाहिर आएको बताएका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बालेन र रविको हातमा सत्ताको बागडोर नपुगुञ्जेल राजनीतिक वृत्तमा अनेकौँ ‘भ्रम’ र ‘सपना’हरूको खेती तीव्र रूपमा भएको टिप्पणी गरेका हुन्।
उनीहरू स्वयम् सत्ताको कुर्सीमा पुगेपछि भने आम जनताका अगाडि भ्रमका पर्दा उघ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको छ, महासचिव पोखरेलले भनेका छन्,पपुलिज्मको वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने रहेछ( यो नै वर्तमान परिस्थितिको सकारात्मक पक्ष हो।
नयाँ र लोकप्रिय मानिएका शक्ति सत्तामा पुगेपछि उनीहरूको वास्तविक डेलिभरी र कार्यक्षमता आम नागरिकसामु प्रस्ट भएको दाबी पोखरेलले गरेका हुन्।
