अण्डाको मल्यू बढ्यो,प्रतिक्रेट कति ?
काठमाडौं। अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो। संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट ५६०, ठूलो अण्डा ५४५, मिडियम ५०० र सानो तीन हजार प्रतिपेटी समर्थन मूल्य कायम गरिएको हो।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग धेरै बढेको छ।
माग बढेसँगै अण्डाको मूल्य बढेको हो। फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उहाँले बताउनुभयो। मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनले बताए।
अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। कुखुरा पालक किसानले बर्डफ्लुका कारण ठूलो क्षति व्यहोर्नु परेको छ।
