नेपालमा भ्रष्टाचारको मुख्य श्रोत संसदीय व्यवस्था 

नेपाललाई आज संसार कै पहिलो भ्रष्टाचार गर्ने देशका रुपमा पुर्याइएको छ । पहिले संसारका मान्छेलेहरुले नेपाललाई  सगरमाथा ( Mount Everest ) को देशका रुपमा चिन्थे भने अहिले संसारका मान्छेहरुले नेपाललाई भ्रष्टाचारीहरुको देशका रुपमा चिन्ने बनाइएको छ । पहिले कुनै नेपाली नेपाली ढाँका टोपी लगाएर संसारका कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो भने विदेशीहरुले ऊ नेपाली आयो , नेपाली आयो भन्ने गर्दथिए भने अहिले कुनै नेपाली संसारका जुनसुकै अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो भने विदेशीहरुले ऊ लौ हेर त भ्रष्टाचारी ओयो , भ्रष्टाचारी आयो भन्न थालेका छन् । 
   
म भरखरै युरोपको यात्रा सम्पन्न गरेर फर्केको छु । फ्रान्सको राजधानी पेरिस अन्तर्राष्ट्रिय विमानस्थल , जर्मनीको फ्रेन्कफुर्ट अन्तर्राष्ट्रिय विमानस्थल , फिनल्यान्डको राजधानी हेल्सिन्की अन्तर्राष्ट्रिय विमानस्थल , टर्कीको स्तानबुल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बेला मलाई कुनै विदेशी नागरिकले चिने भने ऊ हेर हेर नेपालको भ्रष्टाचारी भ्रष्टाचारी आयो भनेर क्राउँछन् कि भनेर ज्यादै डर लाग्यो। किनभने आज सूचना र प्रविधिको चरम विकासका कारण संसारको कुनै पनि देश टाढा र अपरिचित छैन।
 
नेपालका संसदीय भ्रष्टाचारीहरुले एउटा त भ्रष्टाचारी भनेको छ , अर्कोले तँ मानव तस्करी भनेको छ , अर्कोले तँ सहकारी ठग भनेको छ , अर्कोले तँ भिजिट भिसा तस्करी भनेको छ,  अर्कोले तँ मिटर व्याजी ठग भनेको छ , अर्कोले तँ गिरिबन्दु टि स्टेड भ्रष्टाचारी भनेको छ , अर्कोले तँ क्यान्टोनमेन्टको भ्रष्टाचारी भनेको छ , अर्कोले तँ बाल मन्दिरको जग ठग भनेको छ , अर्कोले तँ पतञ्जली जग्गा भ्रष्टाचारी भनेको , अर्कोले तँ ओम्निकाण्ड र यति काण्डको भ्रष्टाचारी भनेको छ , अर्कोले तँ ललिता निवास सरकारी जग्गा हिनामिनाको भ्रष्टाचारी भनेको छ , फेरि अर्कोले तँ सरकारी बाटो मिचेको भ्रष्टाचारी भनेको , अर्कोतिरले तँ सुन तस्कर भनेको छ , फेरि अर्कोले तँ नक्कली शरणार्थी भिसा प्रकरणको भ्रष्टाचारी भनेको छ , अर्कोले फेरि तँ कमिसनखोर , माफिया होस् भनेको छ , अर्कोले तँ टावर निर्माण भ्रष्टाचारी होस् भनेको छ , फेरि अर्कोले तँ बाख्रा खरिद , मल खरिदको भ्रष्टाचारी होस् भनेको छ , फेरि अर्कोले तँ असारे बजेटको कमिसनखोर होस् भनेको छ , अर्कोले तँ सरकारी रकम बेरुजु फर्च्योट नगरेको भ्रष्टाचाररी होस् भनेको छ , फेरि अर्कोले प्रधानमन्त्रीले स्पेन भ्रमणमा जाँदा संगै लगेका व्यक्तिहरु उतै हराएको मानव तस्कर होस् भनेको छ , यस्तै प्रकारका भ्रष्टाचार , मानव तस्कर , सुन तस्कर , कमिसनखोर , सहकारी ठगी जस्ता हजारौं भ्रष्टहरुको पोलखोला खोल गरेर संसदीय पार्टीहरु जो अहिले सत्ताधारी तथा गैर सत्ताधारी दुबैका सबै नेता कार्यकर्ता , सांसद , मन्त्रीहरु एकअर्कालाई आरोप प्रत्यारोप गरेर हल्लाखोर गरेर संसारका मान्छेहरुलाई हसाँइरहेका छन् । 
 
अब नेपाली जनताले को हो  भ्रष्टाचारी ? , को हो तस्कर ? , को हो सहकारी ठग ? भनेर खोज्नु पर्ने छैन , किनभने भ्रष्टाचारीहरुले नै भ्रष्टाचारी आफैंले ऐना हेरे झै गरि छर्लङ्ग पारिरहेका छन् । तिनै नामूद भ्रष्टाचारीहरुले आफूहरु नै नेपाली भ्रष्टाचाररी भएको संसारभर हल्लाखो मच्चाइरहेका छन् ।
   
हाम्रो देश नेपाललाई संसदीय भ्रष्टाचाररीहरुले कस्तो गरि निजी सम्पत्ति जस्तो बनाएका छन् भने पुलिस , सिआइबीले एकजना पनि भ्रष्टाचारी र तस्करलाई समात्दैन , बरु उसले ती नामूद भ्रष्टाचारी , तस्करी , अनैतिक , जनतामारा , देश बेचुवाहरुको फेसबुक , सामाजिक सञ्जालहरुमा आलोचना गरेका भाईबहिनी , केटाकेटीहरुलाई साईबर अपराध मुद्दामा पक्राउ गरेर जेल हालेर दर्जेनी फुली थप्ने काम गरिरहेको देखिन्छ । अख्तियार दुरुपयोग निवारण आयोगले भ्रष्टाचारीहरुलाई उच्च अदालतमा मुद्दा दर्ता गराउँछ , सर्वोच्च अदालतले चोख्याउँछ ।
   
संसद भित्रका माननीय सांसद भनिनेहरुले प्रत्येक बैठकहरुमा तँ भ्रष्टाचारी , तँ मानव तस्कर , तँ सहकारी ठगी भन्दै संसदको बैठग अवरुद्ध गरेको देखिन्छ । उनीहरूले नै मुद्दा सामसुम पार्नलाई उच्चस्तरीय संसदीय समितिको माग गर्दछन् ।  संसद भित्र छिरेका सबै सांसद माननीय भनाउँदाहरु कुनै न कुनै भ्रष्ट संसदीय पार्टीको सदस्य भएको नाताले सबै मिलेर उच्च स्तर कै संसदीय समिति बनिहाल्छ । किनभने डाडु – पनियो उनीहरू कै हातमा छ । संसदीय व्यवस्था भएको देशहरूमा , अधिनायकवादी सामन्ती राजतन्त्र भएको देशहरूमा हुने नै यस्तै हो ।
 
१०४ वर्षे अधिनायकवादी जहानीय राणा शासनको पालामा पनि यस्तै थियो , हामीले इतिहासमा यस्तै यस्तै पढ्यौं । ३० वर्ष निरंकुश राजतन्त्रको निर्दलीय पञ्चायती व्यवस्थामा पनि यस्तै थियो भने २०४६ सालदेखि हाससम्म ३६ वर्षको अबधिमा ती भूपू भ्रष्ट व्यवस्था भन्दाभन्दै पचासौं गुणा बढेको देखि रहेका छौ । फरक यत्ति मात्रै हो । तर तरिका उहीँ हो ।
     
यो लेखमा आज मैले नेपालमा के कारणले भ्रष्टाचार यसरी मौलाइरहेको छ ? नेपालमा भ्रष्टाचारको मुख्य श्रोत के हो ? भन्ने बारेमा बिना पूर्वाग्रह , निस्पक्ष ढंगले अर्थात् वास्तविकताका आधारमा मार्क्सवादी – द्वन्द्ववादी ढंगले लेख्ने प्रयत्न गरेको छु ।
       
कुनै पनि चिजको जन्म र विकासका श्रोत र आधारहरु हुन्छन् । बिना आधार र विना श्रोतको कुनै पनि वस्तुको उत्थान र विकास हुँदैन । यो प्राकृतिक नियम हो , भौतिकवादी नियम हो । ती मध्ये पनि धेरै प्रकारका आधार र श्रोतहरु हुने गर्दछन् । तर त्यसमा मुख्य आधार र मुख्य श्रोत प्रमुख कुरा हो  र त्यसले नै साना आधार र श्रोतहरु छोपेर राखेको हुन्छ । त्यसैले यहाँ मुख्य श्रोतको बारेमा भन्ने शब्दावलीलाई प्रमुखकोताका सात माथि उठाउन खोजिएको छ ।
     
नेपालमा यत्तिको बिघ्न भ्रष्टाचार , अनैतिकता , कुशासन , तस्करीमातन्त्र , माफियातन्त्र , कालोबजारी आदि कुतन्त्र मौलाउनु र झांगिनुको मुख्य कारण र श्रोत नेपाली मौलिकताको संसदीय व्यवस्था हो । हुन त संसारका सैयौं देशहरूमा सञ्चालन भइरहेका सबै संसदीय व्यवस्थाहरु सबै भ्रष्ट देश हुन् । सबैलाई जानकारी भए कै कुरा संसदीय व्यवस्था भएका अधिकाँश देशहरूका राष्ट्रपतिहरु , प्रधानमन्त्री , मन्त्रीहरु , नेताहरु भ्रष्टाचारी , अनैतिक नभएका देशहरू शायदै पाइदैनन् । सामन्ती राजतन्त्र भएको र भएका देशहरू सबै महाभ्रष्ट छन् र थिए भने दोस्रो नम्बरमा अहिले संसदीय व्यवस्था भएका देशहरू भ्रष्टहरुको अग्रपंक्तिमा रहेका छन् । हाम्रै दक्षिण एशियाली देशहरू बंगलादेश , पाकिस्तान , श्रीलंका , भारतमा घटाइएका भ्रष्टाचार डर लाग्दा श्रृङखलाहरु दुनियाँका सामु छर्लङ्ग छन्।
 
बंगलादेशकि निवर्तमान प्रधानमन्त्री खालिदा जिया बेगम ठूलो भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको र जनताले विरोध गरे पछि हजारौं जनताको हत्या गरेर देशबाट निकाला भएर भारतको शरणमा पाउ परेर बाँच्न बाध्य भए कि छिन् भने पाकिस्तानी भूपू प्रधानमन्त्री खान जेलमा सढाइएका छन् । श्रीलंकाका भ्रष्टाचारहरुका घर जलाएर जनताले लखाटेको घटना पुरानो भएको छैन । दक्षिण  कोरियाका राष्ट्रपति खारेजीमा परेका छन् भने उता जापान र थाइल्यान्डका अनेकौं प्रधानमन्त्रीहरु भ्रष्टाचारको अभियोगमा जेलमा सढ्दै आएका छन् । अफ्रिकी , ल्याटिन अमेरिकी , उत्तरी अमेरिकी , युरोपेली देशहरूका संसदीय नेतृत्वहरु भ्रष्टाचारो नभएको पाउनलाई लाइट बालेर खोज्नु पर्ने हुन्छ ।
       
नेपाली संसदीय व्यवस्था भारत हुँदै वैदेशिक ल्यायतित् व्यवस्था हो । त्यसैले संसारभरका भ्रष्ट संसदीय भाइरससंगै आएका कारण अहिले नेपाल संसार कै पहिलो भ्रष्ट देश प्रमाणित हुन पुगेको छ । संसारका सैयौं भ्रष्ट संसदीय व्यवस्था भएका देशहरूबाट भारतको विहार हुँदै नेपाल भित्र्याएकोले नेपाली संसदीय व्यवस्था संसार कै पहिलो भ्रष्टाचारोहरुको देश बन्न सफल भएको छ ।
       
नेपालको जुन वर्तमान संसदीय व्यवस्था प्रणाली छ , त्यो नै भ्रष्टाचारको मुख्य श्रोत हो । यस व्यवस्थाले दार्शनिक रुपमा बहुलवादलाई अंगालेको छ । यसलाई बहुमतको सरकार , अल्पमतको विपक्ष रहने सिध्दान्तलाई अबलम्बन गर्दै आएको छ । अहिले नेपालमा आबधिक निर्वाचन प्रणाली अप्नानाएको छ ।पाँच पाँच वर्षमा संसदीय निर्वाचन गराइन्छ ।
 
एक संघीय र सात प्रदेशिक तथा ७४३ स्थानीय निकायहरु निर्वाचन गराइन्छ । एउटा वडा अध्यक्ष र पालिकाको अध्यक्ष तथा सदस्यले चुनाव जित्न करोडौं पैसा खर्च गर्नु पर्छ । एक जना संसदीय प्रखर नेता नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) अध्यक्ष तथा भूपू प्रधानमन्त्री पुष्पकमल दाहाल ” प्रचण्ड ” स्वयंले एक जना गाउँ पाललिकाका अध्यक्षले चुनाव जित्न १० करोड खर्च गर्नु पर्छ । चुनावी प्रणाली महंगो भयो , सबै निकाय ,  सबै तहहरुमा समानुपातिक प्रणाली अप्नाउँ भन्दै फलाक्दै
 हिड्नु भएको थियो । 
     
यसबाट के बुझिन्छ भने एक जना संघीय संसद वा प्रान्तीय संसदले चुनाव जित्न न्युनतम २५ करोड देखि अधिक्तम  ५० करोडदेखि ८० करोडसम्म खर्च चाहिन्छ । उक्त खर्च संसदीय उम्मेदवारहले गर्दै आएको बुझिन्छ । त्यति खर्च गर्न नसक्ने उम्मेदवारले चुनाव जित्न सक्ने कुनै उपाय छैन , उसले खर्च गर्छ । चुनाव जितेपछि उसको कार्याबधि जम्मा पाँच वर्षको मात्रै हुन्छ ।
 
उसले चुनावमा खर्च गरेको करोडौं पैसा छिटै उठाउनु पर्ने हुन्छ । त्यसो भएर उ सभाषद वा पालिका भित्र छिर्ने बित्तिकै भ्रष्टाचार गर्न , कमिसन खान र कहाँ कहाँबाट पैसो आउँछ त्यहीँ त्यहीँ पुग्नु पर्यो र लाज ,घिन , कुनै प्रकारको सरम नमानेर पैसो बटुल्नु पर्यो । सबै संसदीय पार्टीका प्रमुख नेतादेखि वडातहसम्मका उम्मेदवारहरुले अप्नाउने तरिका एउटै हो । त्यसैले सबैले राष्ट्रको सम्पत्ति नलुटेर चुनावमा खर्च कहाँबाट उठाउने त ? सबैभन्दा ठूलो तरिका र सजिलो तरिका भने कै भ्रष्टाचार गर्ने , कमिसन खाने हो । 
   
त्यसो भएकाले त मन्त्रीपरिषदले गरेको निर्णयकाबारेमा कसैले आौला उठाउन नपाउने कानुन बनाएका छन् । त्यति मात्र होइन मन्त्रीपरिषदले गरेको नितिगत निर्णयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न नपाउने , हात हाल्न नपाउने भन्ने कानुन सबै संसदीय पार्टीहरुले सर्वसम्मत रुपमा बनाएका छन् । जुन पार्टी सरकारमा जान्छ , उक्त दल ( पार्टी ) को प्रधानमन्त्रीले अरबौं , खरबौं भ्रष्टाचार काण्डको मन्त्रीपरिषदद्वारा नितिगत निर्णय गराउँछ । बस कति सजिलो तरिका ।
     
बहुतको सरकार , अल्पमतको विपक्ष भनेको संसदीय पार्टीहरुको ” हात्तीको देखाउने दाँत ” मात्रै हो । भ्रष्टाचार गर्नु पर्यो भने , महाभ्रष्टचारीहरु , मानव तस्करहरू , सुन तस्कर लगायतका अपराधीहरुलाई संरक्षण , जोगाउनु परेको बेला देश बेच्ने बेला , उनीहरूले अबलम्बन गर्दै आएको ” बहुमतको सरकार , अल्पमतको प्रतिपक्ष भन्ने नारालाई रध्दिको टोकरीमा फ्याँकेर प्रमुख र दोस्रो दल मिलेर सरकार बनाउँछन् । जस्तो अहिले नेपालमा संसदको दल नेपाली काँग्रेस र दोस्रो सरकारको प्रतिपक्षमा बस्दै आएको नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) मिलेर झण्डै द्वितिहाइको    सरकार चलाइरहेका छन् । त्यसैले भ्रष्ट र
संसदीयहरुको कुनै अडान र नैतिकता हुँदैन ।
   
हामीले देखेका छौ कि महाकाली नदी भारतलाई बेच्ने बेला २०५३ साल असोज ४ गते तत्कालीन नेपाली काँग्रेसको सरकार र प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) लगायत सम्पूर्ण संसदीय पार्टीहर एउटै कित्तामा खडा हुन पुगेका थिए   ।
   
त्यति मात्र होइन , सन २७ फेब्रुअरी २०२२ मा राष्ट्रघाति एमसीसी संझौता सबै संसदीय दलहरू तत्कालीन अवस्थामा सत्ता पक्ष र प्रतिपक्ष भनिएकाहरु सबैले एक मतले संसदबाट पारित गरेका थिए । किनभने संसदीय पार्टीहरु सबै चरित्र एउटै हो ।  देश बेच्न र भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने बेला सत्ता पक्ष र प्रतिपक्ष भनिने सबै संसदीय पार्टीहरु एउटै मोर्चामा लामबध्द हुन पुग्छन् । किनभने कमाउने ठाउँ एउटै छ ।
     
यो वर्तमान संसदीय व्यवस्था कसैबाट ढल्छ कि , खोसिन्छ भनेर सबै संसदीय पार्टीहरु ससंकित र सजग हुँदै आएका छन् । उनीहरूलाई एकातिर पश्चगामी , पुनरुत्थानवादी राजाबादीहरुबाट उनीहरूलाई ठूलो खतरा भएको महसुुस गरिरहेका छन् । यही बेला पूर्व पञ्चहरुका नामले चिनिने राजावादीहरु   “राजा   आऊ , देश बचाऊ ” भन्ने नारा दिएकाले अहिले सबै संसदवादी पार्टीहरु पूर्व राजा ज्ञानेन्द्र शाहबाट निकै ससंकित भएका छन् र सत्ता त खोसिने त होइन भन्ने डरले राजावादीहरुका सक्षम नेताहरुलाई खोजी खोजी देशद्रोह जस्तो जघन्य अपराधको मुद्दा लगाएर जेलमा कोचेका छन् ।
       
२०७७ सालमा तत्कालीन नेकपा ( एमाले ) प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरेपछि  ” केपी ओलीले संविधान मिच्यो” भन्दै माओवादी केन्द्र , नेपाली काँग्रेस , एस समाजवादी , राष्ट्रिय जनमोर्चा लगायतका एमाले इतर सबै संसदीय पार्टीहरु संविधान बचाउने निहुँमा एउटै मोर्चामा लामबध्द भएका थिए र २०७९  को संसदीय निर्वाचनमा पनि एउटै मोर्चा , एउटै चुनाव चिन्हबाट चुनाव लडेर केपी ओलीलाई घोग्रेठ्याक लगाउने चुनावी रणनीति बनाएका थिए ।  जति सकिन्छ त्यति भ्रष्टाचार गर्न पाइने , अकुत सम्पत्ति छोटै समयमा थोपार्न सकिने भएकोले सबै संसदीय पार्टीहरुले वर्तमान संसदीय व्यवस्थालाई माया गर्दछन् , प्यार गर्दछन् र संरक्षण पनि गर्दै आएका छन् । किनभने नेपालको वर्तमान संसदीय व्यवस्था सबै संसदीय पार्टीहरुको ” माँगिखाने भाँडो” हो , लैने गाई हो ।
           
अर्कोतिर गैर संसदीय माओवादी धारका केही कम्युनिस्ट पार्टीहरुलेवर्तमान संसदीय व्यवस्थाको अन्त्य र जनगणतन्त्र तथा वैज्ञानिक समाजवादको स्थापनाको नारा दिन नछोडेकाले उनीहरूबाट सबै संसदीय पार्टीहरु माओवादी धारका गैर संसदीय पार्टीहरुदेखि ससंकित र सजक रहँदै आएको देखिन्छ । उनीहरूले नयाँ जनवाद र वैज्ञानिक समाजवादको स्थापना गर्ने भनिरहेका माओवादी धारका गैर संसदीय पार्टीहरुलाई अलमल्याउने र जनताको बीचमा भ्रम छर्ने उद्श्येले समाजवादको नारा दिइरहेका छन् र “समाजवादी मोर्चा ” बनाएर भ्रमको खेती गरिरहेका छन् । 
   
त्यसो भएर नेपालका सबै  संसदीय पार्टीहरुले विश्व ब्रह्माण्डमा जुन – तारा  रहेसम्म यही भ्रष्ट संसदीय व्यवस्थालाई जोगाई राख्न , बचाई राख्न चाहन्छन् ।
 
( लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ) ।