नेपालले आज दोस्रोपटक श्रीलंकासँग खेल्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज दोस्रोपटक श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगिताको खेल आज बंगलादेशको बसुन्धरा स्पोट्र्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

यसअघि मंगलबार भएको खेलमा नेपाल ७–० ले विजयी भएको थियो । त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९–१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५–० को हार बेहोरेको थियो ।

प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने ३ खेलमा ६ अंक भएको नेपाल दोस्रो र ३ अंक भएको भुटान तेस्रो स्थानमा छ ।