कीर्तिपुर रङ्गशाला निर्माण धमाधम हुँदै, थिति बसाल्न दण्ड गर्‍यौ: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम तोकिएको समयमा सम्पन्न नहुँदा हर्जाना तिरेर काम गरिरहेको बताएका छन्।

‘कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ। तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ। उनले भनेका छन्– तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ।

तर अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको छ। सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौं।

प्रधानमन्त्री ओलीले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेको बताए।

रंगशालाको मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजी जेभी र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीसँग फागुन १९ र २२ गते सम्झौता भएको थियो। प्यारापिटको लागि ४९ करोड २५ लाख र फ्लडलाइटको लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको थियो।

सहरी विकास मन्त्रालयका अनुसार ठेकेदार कम्पनीले सम्झौताअनुसार काम समयमा नसकाएका कारण दैनिक जरिवाना लागु भएको छ।

सम्झौतामा योजनाको कुल लागतको ० दशमलव ०५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्ने व्यवस्था छ, जसअनुसार ठेकेदार कम्पनीले दैनिक करिब दुई लाख जरिवाना तिरेर अहिले द्रुत गतिमा काम गरिरहेको छ।