पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्: प्रधानन्यायाधीश राउत

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा भएको बताएका छन्।

सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिद्वारा आज आयोजित नेपाल कानुन पत्रिका (पुरानो अङ्क) ‘प्रधानन्यायालय, २०१०’ विमोचन गर्दै उनले भने,आधुनिक न्यायप्रणाली गर्विलो र समृद्ध बनाउन जरुरी छ, पुराना मुद्दाको फैसला खोजीगरी सङ्ग्रह गर्ने कामको सुरुवात भएको छ, यसले निन्तरता पाउनुपर्छ।

उनले विगतमा न्यायिक चेतनास्तरका बारेमा अध्ययन गरी तयार गरेर राख्दा कानुनको अध्येता, विश्वविद्यालय र कानुनका विद्यार्थीका लागि उपयोगी भएको बताए।

सर्वोच्च अदालतका न्यायाधीश तथा सम्पादन तथा प्रकाशन समितिका प्रमुख हरिप्रसाद फुयाँलले कानुनी इतिहास नेपालको कानुनी इतिहासको मूल आधार भएको बताए।

भारतमा मुगल आउनुअघि नेपालको कानुनी इतिहासको जानकारी छैन, पुराना कानुनी मूल्यमान्यता जरुरी छ, उनले भने,नेपालको कानुनी इतिहासका दस्तावेजहरु सबै जर्गेना गर्न जरुरी छ।