कैलालीमा नदीमा डुबेर दाजुभाइको मृत्यु

फाइल तस्वीर

काठमाडौं। कैलालीको गौरीगंगामा नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका(११ ऐठाका लालु धामीका छोरा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको मृत्यु भएको हो। उनीहरू लिक्मा नदीमा डुबेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

नदीमा डुबेको अवस्थामा प्रहरीले बिहीबार दिउँसो ३ बजे उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएको थियो। लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।