निजी क्षेत्रसँग मिलेर पर्यटन प्रवर्द्धन गर्न चाहन्छौँ: मन्त्री बद्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धन गर्न चाहेको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै उनले निजी क्षेत्रलाई आत्मविश्वासका साथ अघि बढ्न सरकारले समन्वय गर्ने आश्वासन दिए।
मन्त्री पाण्डेले २०६५ को पर्यटन नीतिलाई प्रतिस्थापन गरी ल्याइएको ‘पर्यटनीति २०८२’ मा नेपाललाई ‘अद्वितीय पर्यटकीय गन्तव्य’ का रूपमा स्थापित गर्ने उल्लेख गरे।
उनले नेपाललाई सुरक्षित, भरपर्दो र दिगो गन्तव्य बनाउन यो नीतिले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने बताए । साथै, संस्कृति र हवाई नीतिसहित १३ वटा विधेयक मन्त्रालयमार्फत अघि बढेको जानकारी दिए।
