मुलुकलाई लागुऔषध मुक्त बनाउन प्रभावकारी ढङ्गले काम गराैं: गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन्।

काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतीका रुपमा देखिएको बताए।

लागुऔषध प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराध बढाउँछ। हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागू गरेका थियौँ। त्यो अभियान सार्थक भएको छ, उनले भने, यो अभियानमा आमनागरिकसहित सबैको सहकार्य आवश्यक छ।

विगत वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा प्रगति भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने,आगामी दिनमा थप प्रभावकारी ढङ्गले यो चुनौतीको सामना गर्ने गरी अगाडि बढ्नुपर्छ।

स्रोतसाधनको कमी भएपनि धेरै काम गर्न सक्यौँ। त्यो यो एक वर्षमा देखिएको छ, उहाँले भन्नुभयो। लागुऔषधको बिगबिगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सरकार सशक्त भएर लाग्ने बताए।

“युवामा यसको लत देखिएको छ। देशको भविष्य जोडिएको युवाशक्ति लागुऔषधमा फसेको छ”, गृहमन्त्री लेखकले थपे, “लागुऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ।

लागुऔषध अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन। लागुऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ। यो प्रहरीको मात्र होइन। सबै नागरिकको जिम्मेवारी हो।