सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्यो: भीम रावल
काठमाडौं। पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले विदेशी सेना नेपाल आउने बाटो सरकारले खोलिरहेको आरोप लगाएका छन्।
शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले नेपाली नदीनालाबाट विद्युत् उत्पादन गर्न विदेशीलाई दिने कानून बनाएको र सरकारले त्यसको सुरक्षा आफैँ गर्नु भन्ने कानून पारित गरेको भन्दै त्यसले विदेशी सेना नेपाल भित्रिने बाटो खुलाएको आरोप लगाए।
उनले विदेशी सेना आएपछि नेपालीलाई राम्रोसँग बस्नखान नदिने बताए। नागरिकता विधेयकमा अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था राखिएको भन्दै आपत्ति जनाए। वंशजको नागरिकता भन्ने तर पिताको नाम र ठेगाना नै नचाहिने भएपछि कसरी वंशजको नागरिकता भयो रु भन्दै प्रश्न गरे।
उनले भने, ‘एउटा कानून आएको सुनेँ। अहिले विदेशीहरूले नेपाली नदीनालाबाट विद्युत् निकाल्ने भनेको छ, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो। विदेशी सेना आउने भयो कि नाइँरु विदेशी सेना आएपछि हामीलाई खीर खान दिन्छ।’
पूर्वउपप्रधानमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भएका छोराछोरी खाडी पठाउने अनि छोराछोरी जन्माओ भन्ने रु भन्दै प्रश्न गरे।
