स्कुटरले पैदलयात्रीलाई ठक्करदिँदा ३ जना घाइते
मकवानपुर। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बा।प्र ०३–००२ प १७४२ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेकी पैदलयात्रीलाई शनिबार ठक्कर दिई स्कुटर समेत अनियन्त्रित भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।
घाइते हुनेमा पैदलयात्री मनहरी गाउँपालिका ९ रजैयाकी ५० वर्षीया कान्छी लामा, स्कुटर चालक चितवन जिल्ला खैरेनी नगरपालिका ९ बस्ने वर्ष २५ का सिरिल बस्नेत र स्कुटरमा पछाडि सवार चितवन राप्ती नगरपालिका ७ डडुवाकी अमृता पुलामी मगर रहेको प्रहरीको भनाइ छ।
घाइतेको उपचारका लागि भरतपुर पठाएको र स्कुटर इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ।
