प्रतिक्रियावादीलाई परास्त गर्न नयाँ विद्रोहको तयारीमा छु: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिक्रियावादीलाई परास्त गर्न नयाँ विद्रोहको तयारी गरिरहेको बताएका छन् । ‘बोत्ले हत्याकाण्ड’ को स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि एकपटक विद्रोहको आवश्यकता भएको र आफूले त्यसको तयारी गरिरहेको बताएका हुन्।

जनयुद्धदेखि अहिलेसम्म आफू नेतृत्वमा रहेको हैसियतले एकपटक फेरि नयाँ क्रान्तिको तयारी भइरहेको उनको भनाई छ। एकचोटि फेरि क्रान्ति आवश्यक छ। नयाँ विद्रोहबाट प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ,’ उनले भने, ‘मेरो प्रतिबद्धता पनि यही नै हो । र यसको तयारी पनि गरिरहेको छु।

उनले आफुहरु पुनः मध्यपहाडी यात्रामा निस्किने र शहीद परिवारका दुःख सुख बुझ्ने काम बताएका छन् । उनले भने, ‘चाँडै हामी मध्यपहाडी यात्रामा निस्किन्छौं, शहीद परिवारका घरमा गएर खाइरहेका छौं, उनीहरूको दुःख सुख बुझ्ने काम पनि गरेका छौं र हाम्रो वर्गसँग जोडिदैछौं।