बालकृष्ण र टोपबहादुरसहितको मुद्दा न्यायाधीश भट्टको इजलासमा
काठमाडौं। काठमाडौं जिल्ला अदालतमा आज नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै छ। नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको सुनुवाइका लागि न्यायाधीश डा. दिवाकर भट्टको इजलासको पहिलो नम्बरमा पेसी परेको छ।
मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भूमिका खेलेको आरोप लागेकामध्ये तत्कालीन उपप्रधानमन्त्री रायमाझी, गृहसचिव पाण्डेसहित केहीमात्र थुनामा छन्।
