यी ११ निर्माण कम्पनी परे कालो सूचीमा

काठमाडौं। सरकारले समयमै काम सम्पन्न नगर्ने ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि २ वर्षसम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

ती निर्माण कम्पनीले कालो सूचीमा राखिएको अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।