५ हजार ३०० कोटाका लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ईपीएस कोरिया शाखाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो। कुल ५,३०० कोटामध्ये ३,५०० उत्पादनमूलक र १,८०० कृषि तथा पशुपालन क्षेत्रका लागि छ।
एक व्यक्तिले एक क्षेत्रमा मात्र आवेदन दिन पाउनेछ । भाषा परीक्षा उत्तीर्ण गर्नेले दोस्रो चरणको स्किल र कम्पिटेन्सी टेस्ट दिएर रोजगार आवेदन भर्न पाउनेछन् ।
१८ देखि ३९ वर्ष उमेरका, फौजदारी सजाय नपाएका, कोरियाबाट फिर्ता नभएका र अन्य मुलुकमा रोक नलागेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन साउन २६ देखि ३१ गतेसम्म दिन सकिनेछ। परीक्षा काठमाडौंमा हुनेछ ।
