अस्ट्रेलिया भ्रमणमा जाने नेपाली टोली घोषणा
काठमाडौं। अस्ट्रेलिया हुने टप एन्ड टी-२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक स्टुअर्ट लले पुरानै अनुहारलाई निरन्तरता दिँदै १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।
अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी(२० विश्वकपको एसिया तथा पूर्वी एसिया९प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो ।
अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म हुनेछ । नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ। त्यसपछि नेपालले बङ्गलादेश ‘ए’ १६ अगस्टमा, मेलबर्न स्टार्स १८ अगस्टमा, होबर्ट हुरिकेन्स १९ अगस्टमा, २० मा मेलबर्नसँग २० अगस्ट र पाकिस्तान साहिन्सासँग २२ अगस्टमा खेल्नेछ।
नेपाली टोलीमा रोहित पौडेल, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करन केसी, गुल्सन झा, सोमपाल कामी,सन्दीप लामिछाने, रिजन ढकाल, नन्दन यादव, लोकेश वम,रुपेश सिं र भीम सार्की रहेका छन।
