एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी

काठमाडौं।दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक भएको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) ले मंगलवार अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो। अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम रजिस्ट्रेसन गराएका थिए।

एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो।

१ सय ५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन्।

श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन्। १ सय ५० जना खेलाडीले अन्तिम सूचीमा आफुलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ। ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुनम गौतम छन्।

कुन श्रेणीमा कति खेलाडी आवश्यक

श्रेणी ‘ए’ – ४
श्रेणी ‘बी’ – २३
श्रेणी ‘सी’ – १०
जम्मा – ३७

न्युनतम र अधिकतम मुल्य

श्रेणी ‘ए’ न्यूनतम् १० लाख – अधिकतम १५ लाख
श्रेणी ‘बी’ न्यूनतम् ५ लाख – अधिकतम १० लाख

श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख