रास्वपाले माग्यो रामहरिको राजीनामा, पार्टीमा पनि कुलिङ पिरियड लगाउने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।
मंगलबार बसेको सचिवालय बैठकले कुलिङ पिरियडमा गडबडी प्रकरणमा सभापति खतिवडा जिम्मेवार रहेको भन्दै उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो।
निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो प्रतिवेदन बुझाएको थियो।
उक्त प्रतिवेदनले सभापति खतिवडाले आवश्यक समन्वय गर्न नसकेको भन्दै नैतिक जिम्मेवार ठह¥याएपछि रास्वपाले उनको राजीनामा मागेको प्रवक्ता मनिष झाले जानकारी दिए।
हिजोको बैठकमा रास्वपाभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरिड लगाउने प्रस्ताव गरिएको छ। सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी विधानमा संसोधन गर्न प्रस्ताव आएको प्रवक्ता झाले जानकारी दिए।
राष्ट्रपति,उपराष्ट्रपति,प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई पार्टीमा नभित्र्याउने समेत प्रस्ताव गरिएको हो।
