बन्धक बनाएर मिर्गौला निकालिएको घटनामा १ जना पक्राउ
काठमाडौं। सिन्धुलीका युवकलाई बन्धक बनाएर मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन्।
दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको मिर्गौला निकालिएको पाइएपछि प्रहरीले काठमाडौंबाट नुवाकोटका समिर परियारलाई पक्राउ गरेको हो।
उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए। उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ।
पोखराबाट कामको प्रलोभनमा भारतमा पु¥याई आफुलाई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको भुजेलले बताएका छन्। यद्यपी उनको मृगौला नेपालमै भिकियो वा भारत पुर्याएर झिकियो भन्ने खुलेको छैन।
