आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्सको विमान दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ८ बजे बस्दै छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

बिहान ११ बजे बस्ने बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षामा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।