डिडिसीको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान (सूचनासहित)
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पद खुला प्रतियोगिताबाट पूर्ति गर्न योग्य नेपाली नागरिकलाई २१ दिनभित्र आवेदन दिन भनेको हो।
आवेदन कार्यालय समयभित्र सिंहदरबारस्थित कृषि मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड÷संस्थान डेस्क) मा गोप्य सिलबन्दी गरी दिनुपर्ने सूचनामा उल्लेख छ।
आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्टसम्म पनि दरखास्त दिन सकिने छ। निर्धारित मिति र समयभन्दा बाहिर आएका तथा रीत नपुगेको दरखास्त स्वीकृत नगरिने मन्त्रालयले जनाएको छ।
अन्य थप जानकारीका लागि मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्डरसंस्थान डेक्स) मा सम्पर्क गर्न सकिने छ।

