आज मिति २०८२ साल भदौ ६ गते शुक्रबार लक्ष्मी माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट काम बन्ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न अवसर प्राप्त हुने भएकाले मन उत्साहित रहनेछ। तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिन सक्छ । आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले फाइदा मिल्नेछ। विभिन्न अवसरले पछ्याउने छन्। व्यापारमा प्रशस्त लाभ हुनेछ। काममा प्रेरित गर्ने सहयोगीहरू भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट भोजनको आनन्द पाइनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- पुराना समस्याले झमेला आइलाग्न सक्छ। दाम्पत्य जीवनमा शंका र असमझदारी बढ्न सक्छ । परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ । काम बिग्रने डरले सताउनेछ । बेसुरमा बचन दिनाले समस्या आउन सक्छ। पशुपालन वा कृषिबाट अपेक्षित लाभ नउठ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस् । तर, विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने सम्भावना छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । पहिलेका सफलताले थप हौसला दिनेछ । मेहनतले जीवनशैलीमा सुधार आउनेछ । तर आलोचकहरूको संख्या बढ्न सक्छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतका साथ काम गर्दा आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । टाढिएका परिवारजनसँग भेटघाट हुनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम सम्बन्ध प्रगाढ बन्न सक्छ। भेटघाटले दिन रमाइलो बन्नेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रो हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । वैदेशिक कामकाजमा फाइदा हुनेछ । मनको डर उत्साहमा बदलिनेछ । टाढाको यात्रा गर्ने अवसर आउन सक्छ । मन मिल्ने साथी भेटिए पनि भाव प्रकट गर्न उपयुक्त समय पर्खनुहोला। पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। दैनिकीमा सुधार आउनेछ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लागेपनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ। मित्रहरूको सहयोग जुट्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अनावश्यक दौडधुपमा समय बित्न सक्छ । फाइदाका लागि योजनाहरू गोप्य राख्नु उपयुक्त हुनेछ । आर्थिक कारोबारमा सजग रहनुहोस् । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नी बीच सल्लाह नमिल्न सक्छ । अनुकूल स्थानान्तरण वा टाढाको यात्राको सम्भावना छ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- प्रेम र मित्रताको बन्धन कसिनेछ। दीर्घकालीन फाइदा दिने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान प्राप्त हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने उपयुक्त समय हो। साझेदारीमा पनि फाइदा हुनेछ। आय आर्जनका स्रोत बढ्नेछन् । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछ। प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- काम देखाएर विशेष उपलब्धि हासिल गर्न सकिनेछ । गुरुजनको सहयोग जुट्नेछ । व्यवसायमा राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । बोलीको प्रभावले लाभ लिन सकिनेछ । मेहनतले धेरै काम बनाउन सकिनेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोस् । पहिलेका कर्मको प्रतिफल पाइनेछ । कामको चाप कम भई फुर्सद पाइनेछ । तर फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्ने र आर्थिक अभाव समेत देखा पर्ने सम्भावना छ। अध्ययनमा पछि परिने योग भएकाले सचेत रहनुहोस् ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- बोलीको भरमा काम बन्न सक्छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर मिल्नेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने कोसिस गरेपनि अरूको हातमा पुगेको अवसर जोगाउन सकिनेछ ।