साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । मोरङमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो।
साइकल अनियन्त्रित भई बिराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पताल पु¥याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको पहरीले जनाएको छ।
सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
