सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार छापावाल सुन दुई लाख पाँच हजार तीन सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदी १५ रुपैयाँ बढेर दुई हजार चार सय ८५ रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला दुई हजार चार सय ७० पुगेको थियो।
