कविता :लिपु लेक कहाँनीर दुख्छ घाऊ ?
- हस्तबहादुर केसी
लिपु लेक कहाँनीर दुख्छ घाऊ ?
– हस्तबहादुर केसी
लिपु लेक
तिमी हाम्रो आमा हौ
लिपु लेक
तिमी हाम्रो मुटु हौ
लिपु लेक
तिमी हाम्रो आस्था हौ
लिपु लेक
तिमी हाम्रो विश्वास हौ
लिपु लेख तिमी
हाम्रो प्राण
लिपु लेख
तिमी हाम्रो जीवन हौ
लिपु
तिमी भन या नभन
आज
तिम्रो मुटुमा घाऊ लागेको छ
लिपु लेक
आज
तिम्रो छातिमाथि
दुईवटा ठूला चिलहरुले
तिम्रो छाति लिछोरीरहेका छन्
तिनका ती
तिखा नङ्ग्राहरुले
तिम्रो मुटु चिथोरीरहेका छन्
प्रिय लिपु लेख
तिमी आज एक्लै छैनौ
तिम्रो साथमा
तीन करोड नेपाली छन्
तिम्रो मुटु भित्र लागेको घाऊ
आज तीन करोड नेपालीको
मुटुमा लागिरहेको छ
त्यसैले
तिमीले बाँच्ने आँट मात्र गर
साथमा तीन करोड नेपाली छौं
किनकि तिम्रो जीवन नै
हाम्रो जीवन हो
तिम्रो हाम्रो
मुटु भित्र चह्र्याइरहेको
घाऊलाई निको पार्ने
एउटा मात्र आौषधिछ
राष्ट्रिय स्वाधीनताको लडाइँ
राष्ट्रिय स्वाभिमानको लडाइँ
राष्ट्रिय गौरवको लडाइँ
धैर्य होऊ लिपु लेख
प्रिय लिपु लेख
तिम्रो मुटु भित्र
बज्रिएको घाऊमा
मलम अगाउँने
एक मात्र ओखती छ
त्यो हो
राष्ट्रिय स्वाधीनताको लडाइँ
त्यसैले
राष्ट्रिय स्वाधीनताको
ज्वारभाटा
सृष्टि हुने बेलासम्म
धैर्य गर प्रिय लिपु लेख
हो त्यो दिन आउँछ
त्यो सुनौलो दिन ल्याउनु पर्छ।
सबै दशभक्त
नेपाली मिलेर
अनि
त्ससपछि मात्र
स्वाधीनताको गीत गाउँला
राष्ट्रिय मुक्तिको गीत गाउँला
छाती खोलेर।

