राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटियो: गभर्नर पौडेल
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको गभर्नर विश्व पौडेलले बताएका छन्।
जेनजी आन्दोलनकामा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको उनले बताए।
संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ३ हजार ७३८ करोड बराबरको नगद र सुन लुटिएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बताए।
गभर्नर पौडेलले एक पडकास्टमा बोल्दै करोडौँको नगद र सुन चोरी भएको उल्लेख गरेका हुन्। उनले सिसी टिभी हेरेर अनुसन्धान भइरहेको पनि बताए।
