आज असोज ०२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- मनोरञ्जनपूर्ण दिन रहनेछ। कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता छाउनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने संकेत छ । विभिन्न झमेलामा फस्ने सम्भावना छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- काममा मन प्रशस्त मात्रामा जानेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला। अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्न सक्छन्।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- पीडा दिनेहरू सक्रिय हुनेछन्, सावधान रहनु होला। स्वास्थ्यको विशेष ख्याल गर्नु आवश्यक छ। धन नाश हुने योग छ। अनावश्यक झमेलामा पर्न सकिन्छ। खानपानमा सतर्कता अपनाउनुहोस्।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- अन्न सम्बन्धी काममा लाभ हुनेछ । कसैबाट समर्थन पाउने योग छ । रमाइलो तरिकाले काम गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ हुन सक्छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको ठाउँबाट धन लाभ भई मन हर्षित हुनेछ । आफूले अपेक्षा गरेको भन्दा बढी लाभ मिल्ने सम्भावना छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- पैसा कमाउने योग छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी तथा परिवारबाट सुख शान्ति मिल्नेछ। यात्राबाट धनमाल कमाउने अवसर प्राप्त हुनेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- व्यर्थको खर्च बढ्नेछ। सोच्दै नसोचेको ठाउँमा पैसा खर्च हुन सक्छ । मनमा चिन्ता बढ्ने सम्भावना छ । धनमाल हराउने योग पनि रहेको छ, सचेत रहनुहोस्।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- प्रियजनसँगको भेटले मन प्रफुल्ल हुनेछ । तर भाग्यले साथ नदिई खर्च बढ्ने सम्भावना छ । लेनदेनमा विवाद बढ्न सक्छ। संयमपूर्वक काम गर्नु उपयुक्त हुन्छ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- बचत हुने प्रबल सम्भावना छ । नयाँ कामका योजनाहरू बन्नेछन् । व्यापारमा सफलता पाइनेछ । यात्रा गर्ने अवसर पनि मिल्नेछ। अनावश्यक खर्च बढ्नेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- नयाँ कामका योजनाहरू बन्नेछन् । रमाइलो तरिकाले काम गर्न सकिनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। अधुरा काम बन्ने योग छ । जागिर र राजनीतिमा पनि सफलता प्राप्त हुने सम्भावना छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- आगो र मेसिनरी सामाग्रीबाट जोगिनु पर्नेछ । वादविवादको सामना गर्नु पर्न सक्छ । आजका योजना पूर्ण रूपमा कार्यान्वयन नहुन सक्छन् । तर परिश्रमले काममा रुचि बढ्नेछ र आर्थिक क्षेत्रमा प्रगति हुनेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- मान सम्मान प्राप्त हुनेछ तर मनमा केही डर रहन सक्छ। स्वास्थ्यको दृष्टिले यो राम्रो समय हो । आर्थिक लाभ हुनेछ । व्यापारमा सफलता पाइनेछ । यात्रामा रमाइलो हुने र भेटघाटमा सहयोग पाउने योग छ।