आज असोज ०८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- मित्रजनबाट सहयोगका साथै सुख प्राप्त हुनेछ । नोकरीमा प्रशंसनीय कार्य हुनेछ । आज नसोचेको ठाँउबाट धन आर्जन हुने सम्भावना छ । साथीभाइले हरक्षण साथ दिनेछन् भने माता पिताको आशीर्वाद पनि प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- सवारी साधन चलाउँदा सचेत रहनुहोस् । घरमा पाहुना वा अतिथिको आगमन हुन सक्छ । धेरै समय सानातिना घरेलु काममै व्यस्त रहनुपर्ला । चिताएको काममा बाधा आउँदा मन खिन्न हुनेछ । कहीं कसैसँग झगडा पनि हुन सक्छ । कामको बोझले थकाइ महसुस होला । घर गृहस्थीमा समस्या आउन सक्नेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- सन्तानबाट सुख सन्तोष प्राप्त हुनेछ । यात्राको योग छ, धार्मिक स्थल वा देवालय भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्दा काम दोहोर्याउनु पर्ने अवस्था आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पुरानो सम्झौता भंग हुन सक्छ । अनावश्यक सम्बन्ध गाँस्नेहरूसँग सावधान रहनुहोस्।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- नयाँ ठाउँमा धन लगानी गर्ने अवसर मिल्नेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । नसोचेका चुनौतीहरू देखा पर्न सक्छन्। लेनदेन सम्बन्धी विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयास गर्नुहोस्। सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्ने संकेत छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- सुखद समाचार सुन्न पाइनेछ । समाज सेवाका कार्यबाट लाभ प्राप्त हुनेछ भने अन्य विविध फाइदा पनि मिल्नेछ । विभिन्न उपहार प्राप्त गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अनुकूल समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- शरीरमा आलस्य बढ्नेछ, काम गर्न जाँगर लाग्दैन । प्रतिफल नपाइने क्षेत्रमा लगानी हुन सक्छ । स्वास्थ्य अनुकूल नरहँदा पढाइ लेखाइमा समय दिन गाह्रो पर्न सक्छ । सवारी साधन चलाउँदा सचेत रहनुहोस् । भीड भाडमा धनमाल हराउन सक्छ । नयाँ काम सुरु गर्न केही समय पर्खनु उपयुक्त हुनेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- विद्या र बौद्धिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । आकस्मिक धन लाभको योग छ । अन्नको प्राप्ति हुनेछ । खर्च भएपनि दान पुण्य र भेटघाटमा खर्च हुनाले मन सन्तोषी हुनेछ। मानसिक सन्तुष्टि प्राप्त हुनेछ । सन्तानतर्फबाट पनि खुशी मिल्नेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । उद्योग वा कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ । तर, नसोचेका काममा पैसा खर्च हुन सक्ने सम्भावना छ, सचेत रहनुहोस् । गरेका कामबाट राम्रै लाभ प्राप्त हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- जग्गा जमिन सम्बन्धी कारोबार गर्दा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा तथा नोकरीमा मान सम्मान प्राप्त हुनेछ । पढाइ लेखाइमा राम्रो प्रगति हुनेछ। सोचेका काम सजिलै पूरा हुनेछन् । टाढाको यात्राको सम्भावना पनि छ । तर, दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- लेखन, प्रकाशन तथा ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ। रोकिएका वा अधुरा काम पूरा हुनेछन् । समस्याको समाधान हुनेछ । तर, गरेका काम सहजै नबन्ने तथा बने पनि मेहनत अनुसारको फल नपाइने योग छ। सानातिना काममै अल्झिनुपर्ने संकेत छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- लाभदायक समाचार सुन्न पाइनेछ । साथीभाइसित अचानक भेटघाट हुनेछ । आकस्मिक लाभ प्राप्त हुने समय छ । तर, खर्च अत्यधिक बढ्नेछ। सोचे अनुसार काम नबन्ने र दिएको पैसा पनि फिर्ता नआउने सम्भावना छ । स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले उपचारमा धेरै खर्च हुन सक्छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- सवारी साधन प्रयोगबाट सुविधा प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका काम बन्नेछन् । धनको प्राप्ति हुनेछ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइसँग रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । अतिथिका रूपमा सम्मान पाउनुका साथै सामाजिक कार्यबाट प्रशंसा प्राप्त हुनेछ।