‘गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु, अनावश्यक फोन नगर्नू’
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त बताएका छन्। उनले केही दिन आफूलाई फोन नगर्न र म्यासेज पनि नपठाउन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौँ कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार शिक्षामन्त्री नियुक्त भएका थिए। उनी क्वार्टर आवश्यक नपर्ने भन्दै मन्त्रालयमै बसेका छन्। उनैको मागअनुसार मन्त्रालयभित्रै भान्सा र शयनकक्षाको व्यवस्था मिलाइएको छ।
