आज असोज ११ गते शनिबार,यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- लामो समयदेखि रोकिएका काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन । नसोचेको स्थानबाट धन लाभ हुने योग छ । आयआर्जन सन्तोषजनक रहनेछ, तर पारिवारिक समस्या बढ्न सक्छ । रुचिका विषयमा लगानी बढाउने उपयुक्त समय हुनेछ ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- साझेदारी र सट्टापट्टाबाट विशेष लाभ मिल्नेछ । मन प्रसन्न रहनेछ र धन लाभ हुनेछ । काममा जोश जाँगर आउनाले मन प्रफुल्लित हुनेछ । सेयरबजारमा लगानी गर्नेहरूले पनि फाइदा लिन सक्नेछन् । व्यापार व्यवसायमा संलग्नहरूलाई विशेष लाभ हुने दिन छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- काममा आलस्य जाग्नेछ र खर्च बढ्ने देखिन्छ । कसैसँग मनमुटाव हुने सम्भावना छ । वादविवादमा पर्न सकिने भएकाले सावधान रहनुहोस् । अनायासै धन क्षति हुने योग छ । आफ्नै कमजोरीका कारण विवाद बढ्न सक्छ, साथै मनमा पीडा र असन्तुष्टि रहनेछ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाइ भई सोचेको काम नबन्न सक्ने सम्भावना छ । नोकरीमा झमेलाको सामना गर्नुपर्ने दिन हुनेछ, तर व्यापारमा भने फाइदा हुनेछ । कामको सिलसिलामा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, जसबाट मान सम्मान प्राप्त हुने सम्भावना छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- पारिवारिक आवश्यकता पूरा हुनेछ । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोचेका काम बन्ने भएकाले मन हर्षित हुनेछ । मान्यजनको आगमन, स्वादिष्ट भोजनको आनन्द तथा आफन्त मित्रहरूसँग भेटघाट हुने योग छ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आम्दानीका स्रोत बढ्नेछन् । वाहन, चौपाया वा जग्गा जमिन सम्बन्धी कामबाट लाभ मिल्नेछ । नोकरी तथा राजनीतिमा गरेका प्रयास सफल हुनेछन् । कला, साहित्य वा मनोरञ्जन क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख समृद्धि वृद्धिमा दिन सहयोगी बन्नेछ ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते –स्वास्थ्य कमजोर हुने देखिन्छ, यसले गर्दा काममा बाधा पुग्न सक्छ । नसोचेको ठाउँमा धन नोक्सान हुन सक्छ । खानपानमा विशेष सावधानी अपनाउनु आवश्यक छ । सानातिना घरेलु समस्या र काममा अल्झनु पर्ने दिन छ । भौतिक साधनमा क्षति हुने सम्भावना छ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- पितृधन वा जग्गा जमिनको उपयोगबाट विशेष लाभ हुनेछ । अधुरा काम पूरा हुनेछन् । पढाइमा रुचि बढ्नेछ । साथीभाइ तथा सहयोगीहरूबाट राम्रो साथ मिल्नेछ । खेतीपाती वा कृषिसम्बन्धी कामबाट फाइदा हुनेछ । नयाँ जिम्मेवारी पाउने अवसर आउन सक्छ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- आफैले सोचेकाभन्दा बढी लाभ हुने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा रुचि बढ्नेछ । तपाईँको प्रशंसा गर्नेहरू बढ्नेछन् । व्यापार व्यवसायबाट प्रशस्त लाभ हुने देखिन्छ । व्यवसायिक क्षेत्रमा प्रगति गर्ने र धन लाभ हुने राम्रो अवसर प्राप्त हुनेछ ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- खर्च लागेपनि लामो यात्रा गर्ने अवसर आउन सक्छ । सानो प्रयासले रोकिएका काम बन्नेछन् । टाढाको यात्राबाट धन लाभ हुने योग छ । आफन्तजनको सहयोग प्राप्त हुनेछ । नयाँ काम सुरु गर्नुअघि विचार–विमर्श गर्न आवश्यक छ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- तत्काल समस्या समाधान नहुन सक्छ । केही रकम खर्च गर्नुपर्ने देखिन्छ । भौतिक साधनमा क्षति भई खर्च बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । सामान्य रोगले सताउने सम्भावना छ । घरायसी पीडाले मन अशान्त बन्न सक्छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- टाढिएका आफन्तको यादले मन पिरोलिनेछ । अन्य काममा सुखको साथ रहनेछ। तर समयको उचित प्रयोग गर्न आवश्यक छ । सोचेका काममा सफलता नमिल्न सक्छ । साथीभाइ रुष्ट हुने सम्भावना छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइनेछ।
