दसैँमा शिक्षकले तलब नपाएपछि शिक्षा मन्त्री पुनले थाले अनुसन्धान
काठमाडौं। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकले तलब नपाएकोबारे अनुसन्धान सुरु गरेका छन्। मन्त्री पुनलाई शिक्षकहरूले दसैँ,तिहार र छठ पर्वमा पनि पालिकाले तलब नदिएको गुनासो गरेपछि अनुसन्धान सुरु गरेको उनले बताएका छन्।
मन्त्री पुनले भने,शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु।
तलब नपाएको भनेर सबैभन्दा धेरै गुनासो मधेशबाट आएको मन्त्री पुनले बताए।तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेश बाट आएको छ। वर्ष दिनमा आउने दशैंं, तिहार र छठ पर्व जस्तो महान चाडवाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलव नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो,उनले भनेका छन्।
