नेकपाको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे कपिलवस्तुस्थित शिवगढीमा बस्ने भएको हो ।
बैठकमा जेनजी विद्रोह पछिको पछिल्लो अवस्थाको संश्लेषण, वापमन्थी एकता र ध्रुवीकरण, विशेष महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए।
यसअघि शनिबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो। नेकपा माओवादी केन्द्र लगायत वामपन्थी दलहरूसँग एकता गर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने छ।
नेकपाका महासचिव विप्लवले यसअघि नै माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर एकताबारे छलफल गरिसकेका छन।
