विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक
काठमाडौं । हमासले गाजामा बन्धक बनाएकामध्ये नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। वासिङ्टन पोस्टले सार्वजनिक गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।
यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो। त्यसमा विपिनको अवस्था अज्ञात भनिएको थियो । तर वासिङ्टन पोस्टले सार्वजनिक गरेको २२ जना बन्धकहरूको सूचीमा विपिन पनि जीवित रहेको विश्वास गरिएको छ।
गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भएपछि बन्धकहरूलाई आइतबार र सोमबारसम्ममा रिहा गर्ने तयारी भइरहेको छ।
