केपी ओलीका लागि गुन्डुमा बन्दै ‘ओलीकुटी’
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्माका लागि ‘ओलीकुटी’ बनाउने घोषणा गरेका छन्।
उनले भक्तपुरको गुन्डुमा ओलीकुटी बनाउने घोषणा गरेका हुन्। यसका लागि गुन्डुवासीले पहल सुरु समेत गरिसकेको र त्यसको नेतृत्व आफूले लिएको उनले बताएका छन्।
ओलीकुटीको ढाँचा कस्तो बनाउने भन्ने विषयमा देशभरबाट नमुना तस्वीर समेत संकलन भइरहेको बस्नेतले उल्लेख गरेका छन्।
उनले भनेका छन्,गुन्डुवासीको भावनात्मक पहल,अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको संकल्प’, बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ’स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन्।
म आफू संयोजकको भूमिकामा रहनेछु। ओलीकुटी कस्तो देखिन सक्छ भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको छ। देशभरबाट सुझाव र समर्थन आउँदै छ।
