नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच अघि बढ्यो छलफल
काठमाडौं। कम्युनिस्ट पार्टी नेता र रावलबीच आज आइतबार साँझ छलफल भएको हो। केही दिन मै रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सक्ने जनाइएको छ। आइतबार साँझ प्रचण्ड,माधव नेपाल,भीम रावल,प्रकाश ज्वाला,भानुभक्त जोशीबीच छलफल भएको थियो। उक्त छलफल सकारात्मक रहेको जनाइएको छ।
गत साता नै १० दलको एकता घोषणा समारोहमै प्रचण्डले रावललाई पनि मिसाउने तयारी रहेको बताएका थिए। तर कुरा धेरै अघि नबढेकोले रावलबारे निर्णय भएको थिएन। अहिले चाहिँ सहमति नजिक पुगेको बताइएको छ।
गत वर्ष पुसमा पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै रावललाई एमालेले कारबाही गरेको थियो। त्यसपछि उनले राष्ट्रवादी अभियान घोषणा गरेका थिए ।
छलफलमा संलग्न नेपाली काम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार छलफल सकारात्मक दिशामा छ। नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि समेट्न कोसिस गरिरहेका छ। जसपाका नेताहरूसँग एउटै दलमा समेटिनेबारे कुराकानी चलिरहेको छ।
