सुनको मूल्य बढ्यो,तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला २९ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
