जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

काठमाडौं । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल(प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पु¥याउने निर्णय गरेको छ।

मुद्रास्फीति र येनको अवमूल्यनको बीचमा १९७८ पछि पहिलो पटक वृद्धि भएको उक्त निर्णयको घोषणा विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा गरेका हुन्।

यसैगरी बहु–प्रवेश भिसाको जारी शुल्क छ हजार येनबाट बढेर ३० तीस हजार येन हुनेछ। हामी यो कदमले आन्तरिक पर्यटनमा तत्काल प्रभाव पार्ने अपेक्षा गर्दैनौँ”, मोटेगीले भने।