सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन,खोइ कुरा बुझेको ?
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा बुझ्न युवाहरूलाई आग्रह गरेका छन्।
जेनजीका अनेक समूहले हरेक दिन प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबारमा हुलदंगा गरिरहेका बेला मन्त्री पुनले सामाजिक सञ्जालमार्फत सिंहदरबार घेरेर मात्र देश विकास नहुने बताएका हुन् ।
भावी पुस्ताहरूको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो फागुन २१ गतेको आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु भएको बताएका छन् । बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएको भन्दै मन्त्री पुनले देश बनाउने अन्तिम उपाय भनेकै पूर्ण क्रान्ति भएको उल्लेख गरेका छन् ।
‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको रु अहिलको युवा पुस्तासहित भाबी पुस्ताहरूको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो,उनले लेखेका छन्,बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएका रहेछन्, जसले देशको संयन्त्रहरू बर्बाद गरिरहेका छन्। अनि देश कसरी बन्छ रु कि त अन्तिम उपाय भनेको पूर्ण क्रान्ति हो।
पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै जेनजी समूह रहेक दिन सिंहदरबार गेटमा पुग्ने गरेका छन्। भेट्न नपाएपछि उनीहरूले सिंहदरबार गेटमै हुलदंगा गर्ने गरेका छन्।
