एनपिएलः काठमाण्डुविरुद्ध टस जितेर कर्णाली ब्याटिङमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको कर्णाली याक्स र काठमाण्डु गोर्खाज प्रतिस्पर्धा गर्दैछन्। र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले जारी प्रतियोगितामा चार खेलमा एउटामा मात्रै जीत निकालेको छ। दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ। प्लेअफमा यात्राको बाटोमा रहिरहन उसलाई आजको जीत आवश्यक छ।

करण केसीको नेतृत्वमा रहेको काठमाण्डुले पाँच खेलबाट तीनमा जीत निकाल्दै तालिकाको तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा जोडिन काठमाण्डुका लागि पनि यो खेल महत्त्वपूर्ण हुनेछ।

प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच वटै खेलमा जीतका साथ प्लेअफमा सुरक्षित भइसकेको छ। नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।