एचआइभी संक्रमित घट्दै,बजेट कटौतीले उपलब्धि गुम्ने खतरामा
काठमाडौं। एचआइभी संक्रमण रोकथाम र न्यूनीकरणमा दातृनिकायहरूले दिँदै आएको आर्थिक सहयोग रोकिदा नेपालमा एचआइभीको संक्रमण रोकथाममा भएका उपलब्धि गुम्ने जोखिम बढ्ने देखिएको छ।
नेपालमा नयाँ एचआईभी संक्रमितको संख्या ८९ प्रतिशतले घट्दै गएको छ। तर यो अवस्था नेपाल सरकारको एकल प्रयास भने भएको हैन दातृनिकायको निरन्तर सहयोगले गर्दा नेपालमा सन् सन् २०१० को तुलनामा २०२५ सम्म आउँदा ८९ प्रतिशतले एचआइभी रोकथाम र नियन्त्रण सम्मव भएको हो।
तर नेपालको एचआइभी संक्रमणको क्षेत्रमा वर्षौदेखि आर्थिक सहयोग गर्दै आएका ग्लोबल फन्ड तथा अमेरिकी अन्ताराष्ट्रिय विकास नियोग ९यूएसएआईडी०ले सहयोग बन्द गरेपछि एचआइभीको क्षेत्रमा भएका उपलब्धि गुम्ने जोखिम बढेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्माले भने‚ ‘नेपालको एचआइभी नियन्त्रणमा बाह्य दातृ निकायहरुको आर्थिक सहयोग घट्दै गएको अवस्था छ। यसले एचआइभीको कार्यक्रमको दिगोपनामा चुनौती थपिएको छ, तर त्यसको असर एड्स निवारणमा परेको भए पनि जर्मनीलगायतका युरोपेली देशहरू र जापानलगायतका देशहररूबाट त्यो पूर्ति गर्नुपर्छ।
यस्तै हाल नेपालको स्वास्थ्य क्षेत्रमा भएका अन्य कार्यक्रम यौन तथा प्रजनन स्वास्थ्य, क्षयरोग, प्रयोगशाला, मातृ तथा शिशु स्वास्थ्य लगायतका जनस्वास्थ्यका कार्यक्रमहरूसँग एचआइभी सेवाको पर्याप्त एकीकरण तथा समन्वय नहुँदा एचआइभी रोगथाममा चुनौती थपिएको छ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, एचआइभी, हेपाटाइटिस तथा यौनरोगका लागि आवश्यक बजेट तथा कार्यक्रम पर्याप्त नहुँदा प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको निर्देशक शर्माले बताए। उनका अनुसार बजेट तथा कार्यक्रम कम हुँदै जाँदा २०३० सम्मको ९५—९५—९५ लक्ष्यमा पुग्न समेत कठिन भएको छ।
स्वास्थ्यमा हुने खरिद समस्या र बहुवर्षीय खरिद योजनाको अभावले पनि एचआईभी र एड्समा राज्यले लिएको लक्ष्यमा पुग्न चुनौती थपिदै गएको निर्देशक डा शर्माको भनाइ छ। डा शर्माले भने‚ ‘अझै पनि गर्भवती महिलाको एचआईभी परीक्षण त्यस्तै एचआईभीको जोखिममा रहेका शिशुहरुको नियमित फलोअपको काम अपेक्षानुसार हुन सकेको छैन।’
निरन्तर घट्दै छन् नयाँ एचआइभी संक्रमित
तर अहिलेकै अवस्थामा भने विगतका वर्षहरुमा भन्दा नेपालमा एचआईभी संक्रमितको संख्या विस्तारै घट्न थालेको सरकारी तथ्यांकले देखाएको छ।
सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिमा एचआईभी संक्रमण देखिएको छ। जसमा वयस्क जनसंख्यामा ०।१३ प्रतिशत संक्रमण रहेको छ।
सरकारी तथ्यांकअनुसार कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २७९ जना रहेका छन्। त्यस्तै १५ वर्ष माथिका १४ हजारजना महिलामा एचआइभी संक्रमण छ। डा शर्माले १५ वर्ष भन्दा माथिका एचआइभी संक्रमित पुरुषहरूको संख्या १९ हजार २७९ रहेको र एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिका रहेको स्पष्ट पारे ।
गत एक वर्षमा आमालाई एचआइभी परीक्षण गर्दा २२७ जना बालबालिका संक्रमित फेला परेका छन् ।
अझै पनि नेपालमा दिनमा १।७ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एकजनाको एचआइभीका कारण मृत्यु भइरहेको छ।
२०२४ मा ६१४ व्यक्तिमा एचआईभीको नयाँ संक्रमण अनुमान गरिएको छ, यो सन् २००० को तुलनामा ८९ प्रतिशतले हो । निर्देशक डा शर्माका अनुसार सन् २००० मा ५ हजार ६ सय व्यक्तिहरुमा नयाँ संक्रमण अनुमान गरिएको थियो । यो सन् २०१० को तुलनामा ८९ प्रतिशतले कम हो ।
तथ्यांकअनुसार मृत्युमा पनि कमी आएको छ। केन्द्रका निर्देशक डा। शर्माका अनुसार सन् २०२४ मा मात्रै ५६९ जना व्यक्ति एड्सका कारण मृत्यु भएको थियो। यो संख्या सन् २०१० को तुलनामा मृत्युदर ७६ प्रतिशतले कम हो। सन् २०१० मा २ हजार ४ सय व्यक्तिको एड्सका कारण मृत्यु भएको थियो ।
सन् २०२४ को अन्त्यसम्म देशभर २६ हजार ३७२ जना संक्रमितलेएन्टीरेट्रोभाइरल उपचार लिइरहेका छन्। अनुमानित कुल एचआईभी संक्रमित मध्ये ७७ प्रतिशत उपचारमा छन्।
निर्देशक डा। शर्माका अनुसार नेपालमा सन् २०३० सम्म एड्सको महामारी अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५—९५—९५ लक्ष्य लिएको छ।
सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ।
तर यसका लागि आगामी एक वर्षभित्र एचआइभी संक्रमणविरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको केन्द्रका निर्देशक डा। शर्मा बताउँछन्।
जसले गर्दा केन्द्रले हाल एचआइभी रणनीतिक योजना २०२१—२०२६ मा काम गरिरहेको छ। जसमा अनुमानित एचआईभी संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, संक्रमितमध्ये ९५ प्रतिशतका उपचार गर्ने र उपचारमा रहेकामध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन गर्ने टार्गेट बनाएर काम गरिरहेको छ। जसमध्ये पहिलो दुई टार्गेट नजिक पुगे पनि तेस्रो टार्गेटमा पुग्न नसकिएको डा। शर्माले जानकारी दिए।
अहिले सेती प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एचआईभी एड्सको भाइरल लोड परीक्षण भइरहेको बताउँदै उनले सातवटै प्रदेशबाट यो परीक्षण गर्न सके तेस्रो गोल हासिल गर्न र एचआईभी एड्स निवारणमा सहजता हुने बताउँछन्।
काठमाडौं उपत्यकामा एड्स तथा यौन रोगसम्बन्धी औषधि सेवन गर्नेको संख्या सबैभन्दा बढी रहेको छ। हुनत टेकुस्थित शुक्रराज तथा सरुवा रोग अस्पताल एचआइभी संक्रमितहरुको उपचार गर्ने मुख्य अस्पताल हो।
यस बाहेक वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा पनि एचआइभी संक्रमितको उपचार हुँदै आएको छ।
तथ्यांकले मधेश प्रदेशमा एचआइभी संक्रमितको संख्या बढ्दो अवस्थामा छ। नेपालमा विशेषगरी एचआईभी संक्रमणको उच्च जोखिममा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने,यौनकर्मी र तिनका ग्राहक,पुरुष समलिंगी तथा तेस्रो लिंगी र रोजगारका लागि विदेशिने तथा तिनका दम्पती एवं जेलमा रहेका कैदीका लागि एचआईभी उच्च जोखिममा छन्। केन्द्रको तथ्यांकअनुसार नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने व्यक्ति, यौनकर्मीमा ३ प्रतिशत एचआईभी संक्रमित छन्।
