राष्ट्रियसभा निर्वाचन लागि उम्मेदवारी दर्ता पुस २३ गते
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ।आयोगका अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ। मतदाता नामावली उपरको दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ । पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने छ। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ।
फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिँदैछ। कार्यकाल सकिन लागेकामध्ये बामदेव गौतम राष्ट्रपतिबाट मनोनित हुन्। बाँकी १८ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ।
